कोरला नाकामा हिमपात : जनजीवन प्रभावित

काठमाडौं । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासमा शुक्रबारदेखि हिमपात भइरहेको छ । हल्का वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । मौसम पूर्वानुमानअनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर