सीता एअर जहाजको पाङ्ग्रा खुस्किएपनि यात्रु सकुशल

काठमाडौं ।  डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एअरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् । नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार जहाजमा सात जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु थिए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर