आज असोज १ गते बिहीबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुरुषार्थी कामले समाजमा नाम स्थापित गर्न सकिनेछ। रोकिएका काम बन्नाले नयाँ काम प्रारम्भ गर्न सकिनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतले सम्मान दिलाउनेछ। विदेश भ्रमणको विचारमा सकारात्मक संकेत प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य र कलाको क्षेत्रमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। काम गर्दै जाँदा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनमा वृद्धि हुनेछ। पिताको कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउने र व्यापार व्यवसायमा लाभ रहनेछ। प्रशासनिक वा औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुभवी व्यक्तिहरूको सुझावमा मार्गदर्शनलाई वेवास्था नगर्नुहोस्। धार्मिक क्रियाकलापहरूमा मन जानेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा हजुरको कार्यको मूल्यांकन हुनेछ। लापरवाहीले हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रबाट लिएको अनुभव र ज्ञानले लाभ प्राप्त हुने उच्च सम्भावना देखिएको छ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। नकारात्मक सोचले बनिरहेका काममा बाधा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मविश्वासले अरूलाई पनि प्रभावित गर्नेछ। आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा प्रशंसा मिल्नेछ। सामाजिक भेटघाटबाट नयाँ सम्भावनाको ढोका खुल्नेछ। आफूले चाहेको कुरा स्पष्ट रूपमा राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सूक्ष्म कुरा छिट्टै बुझ्ने स्वभाव बलियो देखिनेछ। हिसाब, कागजपत्र वा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती सच्याउँदा ठूलो झन्झटबाट बच्न सकिनेछ। आफ्नो दिनचर्यामा अनुशासन कायम राख्नुहोस्। शुभ रंग पहेंलो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर