मुगुमा दुई पटक भूकम्पको धक्का महसुस

काठमाडौं ।  मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज  बुधबार बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहानको समयमा गएका यी भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।

प्रारम्भिक विवरण अनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ रेक्टर स्केल रहेको छ। लगातार गएका भूकम्पका कारण मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको आधिकारिक जानकारी प्राप्त भइसकेको छैन र थप विवरण आउने क्रममा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर