आज भाद्र ३१ गते बुधबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अचानक धन लाभ हुने वा आर्थिक स्थिति सुधारिने संकेत छ। पारिवारिक वातावरण शान्त र सहयोगी रहनेछ। हतारमा कुनै सम्झौता नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको मिठासले सबैलाई आकर्षित गर्न सकिने छ। बौद्धिक कुराकानी वा पठनपाठनमा विशेष रुचि बढ्नेछ। छोटो यात्राको योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नजिकका आफन्त र परिवारसँग आत्मीयता बढ्नेछ। मन अलि भावुक बन्न सक्ने भएकाले महत्त्वपूर्ण निर्णय गर्दा सोचविचार पुर्‍याउनुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंको दक्षताको उच्च मूल्यांकन हुनेछ। पढाइ सम्बन्धित खुसीको खबर मिल्न सक्छ। कुनै कुरालाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य र खानपानमा अलिकति ध्यान दिनुपर्ने दिन छ। साहित्य र कलातर्फ ध्यानाकर्षण हुनेछ। मेहनत अनुसारको नतिजा आउन केही समय लागे पनि निराश हुनु पर्दैन। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रियजन र जीवनसाथीको साथले दिन स्मरणीय बन्नेछ। नयाँ मानिसहरूसँग सम्बन्ध विस्तार हुनेछ। व्यापारमा सामान्य लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक वादविवाद वा अरूको मामिलाबाट टाढै रहनुहोला। धैर्यता र संयमताले नै आजका सानातिना अप्ठ्याराहरू पन्छाउन सकिनेछ। यात्रा गर्दा सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ठाउँको भ्रमण वा यात्राको सम्भावना छ। अधुरा कामहरू बिस्तारै बन्दै जानेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यस्थलमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने वरिष्ठ व्यक्तिको मार्गदर्शन मिल्नेछ। बाटो काट्दा र सवारी साधन चलाऊँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नरचनात्मक सोच र नयाँ विचारले मनमा प्रसन्नता ल्याउनेछ। साथीभाइको सहयोगले रोकिएका काममा सहजता मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरपरिवारको सरसल्लाह र सहयोगले जटिल विषय पनि समाधान हुनेछ। भौतिक साधन वा घरायसी वस्तु खरिदको योजना बन्न सक्छ। कुनै पनि कार्य गर्दा हतार नगरौं। आजको शुभ रंग हल्का पहेंलो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर