पाँच वटा प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती,गण्डकी र सुदुरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।  तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर