आज कुन-कुन राजमार्ग अवरुद्ध छ ?

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ ।

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गर्न दिइएको छ ।

रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत आएको बाढीले सडक लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनाएको छ । त्यस्तै, रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन् ।

नुवाकोटस्थित टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु सडक खण्डको बेत्रावती–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर