साम्बा नामक कुकुरले १५ दिनमा फेला पार्यो २० वटा शव
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोज कार्यमा खटिएको तालिमप्राप्त ल्याब्राडोर जातको ‘साम्बा’ नामक कुकुरले १५ दिनमा २० वटा शव फेला पारेको छ ।
विशेष तालिमप्राप्त कुकर साम्बासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खटेर २० जनाको शव तथा अवशेष फेला पारेको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपालका हवल्दार सिताराम कोइरालाले बताए ।
प्रहरी तथा सुरक्षा निकायको संयुक्त उद्धार टोलीले साम्बालाई बाढीबाट अति प्रभावित क्षेत्र रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र बेत्रावती क्षेत्रमा परिचालन गरेको थियो। कठिन भौगोलिक अवस्थामा साम्बाले आफ्नो तीव्र सुँघ्ने क्षमताको प्रयोग गरी शव पत्ता लगाएको सुरक्षाकर्मीको भनाइ छ ।
प्रतिक्रिया
