पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

 कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। अहिले कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमको पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा अन्य प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ। उच्च हिमाली भूभागका केही स्थानमा भने वर्षासँगै हिमपातको समेत सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ। देशका हिमाली, पहाडी तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर