काठमाडौं-मुगलिङ १२ घण्टा बन्द, परेवाभीरमा बाटो बनाउँदै

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीर सडकखण्डमा मर्मत गर्न आज १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज यहाँ जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

यही भदौ १० भोटेकोशी सहित त्रिशूली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।  क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ । एकतर्फी सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभीरमा आज आवागमन पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर