त्रिशूली–३ ‘ए’ सुरुङबाट दुईजनाको जीवितै उद्धार

काठमाडौं ।  रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि दुईजनाको जीवित उद्धार गरेपछि थप उपचारका लागिनेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ ।

सुरुङभित्र फसेका उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको थियो । उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । रास्वपाका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो ।

यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङ भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरतछन् । कोइलाडी ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाहले माथिल्लो त्रिशूली ३ ए मा र काठमाडौंको बालकुमारी- ३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा काम गरिरहेका थिए ।सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर