त्रिशूली–३ ‘ए’ मा मेडिकल टोली तयारी अवस्थामा
काठमाडौं । त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ । त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ । उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको छ ।
उद्धारपछि सुरक्षित स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ । सम्भावित घाइतेको उपचार तथा तत्काल उद्धारका लागि हेलिकोप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया
