सेनाका उद्धारकर्मीहरूले चिलिमेको टनेलभित्र रात कटाए

काठमाडौं ।  प्रतिकूल मौसमका कारण चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार कार्यका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोलीले टनेलभित्रै रात बिताउनु परेको छ। गृह मन्त्रालयका अनुसार गएराति उद्धार कार्यमा खटिएको नेपाली सेनाको टोली मौसम प्रतिकूल भएपछि बाहिर फर्किन नसकेको हो।

कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका कारण टोली टनेलभित्रै बस्न बाध्य भएको मन्त्रालयले जनाएको छ। उद्धार कार्यमा सुरक्षाकर्मीहरू निरन्तर अग्रपंक्तिमा खटिइरहेको उल्लेख गर्दै गृह मन्त्रालयले उनीहरूको समर्पण, साहस र सेवाप्रति उच्च सम्मान व्यक्त गरेको छ। मन्त्रालयले कठिन परिस्थितिका बीच पनि उद्धार कार्यलाई निरन्तरता दिइरहेका नेपाली सेनाका सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर