प्रधानमन्त्री बालेनसँग विनम्रता नदेखिएको प्रचण्डको टिप्पणी

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोसी नदीमा आएकाे बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी कामको विषयमा सरकारमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहमा देशमा संकट आउँदा पनि कुनै विनम्रता र सहकार्यको भाव नदेखिएको टिप्पणी गरे । “प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो । त्यसका लागि धन्यवाद । तर, यहाँ बोल्नुभयो हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन”, प्रचण्डले भने, “यस्तै व्यवहारले सहकार्य हुनसक्छ ?”

सेना परिचालनमा मात्र ध्यान दिँदा राज्यका सबै संयन्त्र परिचालनमा सरकार चुकेको बताएका प्रचण्डले प्रधानमन्त्रीको व्यवहारमा प्रश्न उठाए ।“तपाईंहरू बोल्नुपर्ने कुरा सामाजिक सञ्जालबाट भन्दै हुनुहुन्छ,” प्रचण्डले भने, “सामाजिक सञ्जालबाट तपाईंहरूले चुनाव त जित्नुभयो, यो संकटबाट पार लगाउन सक्नुहुन्न ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर