सप्तकोशीमा पानी बढेकाले नदी किनारमा जान रोक

काठमाडौं ।  बाढीका कारण सप्तकोशीका तटीय क्षेत्रका नागरिकहरूलाई सावधानका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आज आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले एक सूचना जारी गरेर तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको हो। सप्तकोशी नदीका सहायक नदीहरूमा पानीको बहाव लगातार बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुनसरीले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्रहरीले सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। विशेष गरी सुनसरीको वराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाका नदी किनारका बासिन्दालाई बढी जोखिम हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पानीको बहाव बढेकाले नदी आसपासका क्षेत्रमा बाढी वा कटानको खतरा बढेको छ। जोखिम न्यूनीकरणका लागि प्रहरीले सर्वसाधारणलाई नदी किनारमा जान पूर्ण रोक लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर