आज भाद्र १४ गते आइतबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला। बोलिको विपरीत अर्थ लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुशल नेतृत्व र व्यावसायिक क्षमताको प्रशंसा हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ साथै व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय अनुरूप नचल्दा परिवार वा कार्यक्षेत्रमा असमझदारी बढ्नेछ। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आफ्नो योजनाहरू अरुलाई भन्न हत्तार नगर्नुहोस्। जोखिम पूर्ण लगानीबाट टाढा रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्चिलो कामले अर्थ अभावको स्थिति उत्पन्न होला। व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि हात पर्नेछ। आँटेका काममा सफलता पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयमा कार्यसम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। काममा धेरै खट्टिनुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेका कार्यहरू सिद्ध हुनेछन्। मानसम्मानमा वृद्धि हुनेछ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष सबल रहनेछ। कृषि वा ठेकापट्टाको कार्यबाट लाभार्जन गर्न सकिनेछ। आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरू आफ्नो प्रतिभाको प्रदर्शन गर्न सफल हुनुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकारी वर्गहरू हजुरको कामबाट प्रसन्न हुनुहुनेछ। बच्चा र बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। नोकरी वा पेशामा रुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
प्रतिक्रिया
