भारतीय टनेल उद्धार टोली काठमाडौंमा
काठमाडौं । भारतीय टनेल उद्धार टोली हिजो शुुक्रबार साँझ काठमाडौंस्थित भारतीय दूतावासमा आइपुगेको छ।
नेपाल सरकारको निर्देशनअनुसार टोली घटनास्थलतर्फ प्रस्थान गर्नेछ। नेपालखबरलाई नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले यो जानकारी दिएका हुन्। भदौ १० गते बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परेकाहरूको उद्धारमा मद्दत गर्न भारतीय उद्धार टोली नेपाल आएको हो।
प्रतिक्रिया
