विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्‍याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ।

बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने खोज, उद्धार, राहत तथा जोखिम न्यूनीकरणका कामबारे आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर