बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्न गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा घटनापछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाए ।

उनले हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गरे । उनले भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’

बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक : खगेन्द्र सुनार

रास्वपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमाणित दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।

विगतदेखि बलात्कार र हत्या भएकाहरूको नाम लिँदै उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँ घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ । तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ ? निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो ? त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ ।’
जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गर्न माग

रास्वपाकी सांसद अफ्साना बानुले जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा  संविधान संशोधन गरेर मृत्युदण्डको व्यवस्था राख्नुपर्ने बताइन् । आजीवनको काराबासले डर पैदा गर्न नसकेकै कारण देशभर हत्या र बलात्कारको घटना बढिरहेको उनको जिकिर छ ।

उनले भनिन्, ‘हिजोको र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ । कुनै सन्धि वा कानुन नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । संविधानको धारा १६ को उपधार २ लाई संशोधन गरेर जघन्य अपराधका हकमा मृत्युदण्डको व्यवस्था गर्न सरकारसँग माग गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर