आज भाद्र ८ गते सोमबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। पहिला गरेको कामको राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कामले नाम र इनाम दिलाउने छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) संवाद गर्ने शैली सबल हुनेछ। व्यापार व्यवसायलाई लिएर उच्चपदासीन व्यक्तिसँग भेटघाट लाभदायी रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोस्। भावनामा आएर कुनै निर्णय नलिनुहोला। सफलताको लागि अलि धेरै संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा नेतृत्व क्षमता देखिनेछ। पद प्रतिष्ठामा वृद्धि हुने संकेत छ। व्यापार व्यवसायमा नयाँ सम्झौताहरूले भविष्यलाई लिएर नयाँ योजना बनाउनुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रतिभा बाहिर ल्याउने अवसर मिल्नेछ। व्यापारमा नयाँ विचार परीक्षण गर्न सकिनेछ। पढाइमा विषय परिवर्तन गर्ने इच्छा जाग्न सक्छ। मनमा उत्साह थपिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्ध सुमधुर रहनेछ। कर्मक्षेत्रमा गरेको कार्य सिद्ध हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समयलाई आफ्नो अनुकूल बनाउन नसकिएला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा र परिवारमा आइरहेका समस्याको समाधान हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संवाद र भाषण शैलीमा आफ्नो प्रतिभालाई जनाउन सकिनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। चलिरहेको कामले गति लिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको खोजीमा आफन्तबाट टाढिनुपर्ला। नसोचेको स्थानबाट धन प्राप्त होला। संगीत वा कलात्मक क्षेत्रबाट शुभ सूचना सुन्न पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गृहिणीहरूले घरमा हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक योजना गोप्य राखेर अघि बढाउनु लाभदायक हुनेछ। काममा धैर्यले राम्रो परिणाम ल्याउनेछ। परिवारको पुरानो विषयमा समझदारी बन्न सक्छ। आजको शुभ रंग धुमिलो निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आय बढाउने विचारले आकार लिनेछ। सामाजिक घेरामा तपाईंको भूमिका बढ्नेछ। समूहमा गरिएको कामबाट उपलब्धि मिल्न सक्छ। व्यक्तिगत सम्बन्धमा खुलापन आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर