प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्के

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौं फर्केका छन्। हिजो शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किएका हुन्।

मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बसेका थिए । परिवारसहित मुक्तिनाथ मन्दिर पुगेका प्रधानमन्त्री शाहले शनिबार साँझ मन्दिरमा पूजाअर्चना गरेर मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसादसमेत ग्रहण गरे ।

पूजाअर्चना सम्पन्न गरी प्रधानमन्त्री शाह शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथबाट कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड हुँदै फर्किएको हो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर