बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दावी पेश
काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । थापामगरले राप्रपासहित तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
एमाले संसदीय दलको बैठकले मंगलबार थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै उनले बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।
प्रतिक्रिया
