जाजरकोट पहिरो : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
काठमाडौं । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।
हिजो साउन ३० गते शनिबार साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीया रामबहादुर शाही, ४५ वर्षीया सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीया युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते हुनुभएकाे छ । घाइतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको हाे ।
प्रतिक्रिया
