आज साउन ३१ गते आइतबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनुका साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा आफन्तको विश्वास गर्नाले नुकसान हुनसक्छ। स्वास्थ्यको लागि पौष्टिक आहारको सेवन गर्नुहोस्। विद्यार्थीहरूको सामाजिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो काम सम्पादन हुनेछ। सामाजिक कामको जिम्मेवारी बढ्ने छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पैतृक सम्पत्तिलाई लिएर पारिवारिक मनमुटाव सुल्झिनेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहनेछ। स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुवर्गहरुको सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जीवन साथीसँग मनोरञ्जनात्मक समय बित्नेछ। कार्यक्षेत्रमा दिन अनुकूल रहनेछ। मित्रहरूबाट उपहार प्राप्त हुनेछ। घरको सजावटमा धन खर्चका योग छन्। खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दीर्घकालीन योजनाहरूको रूपरेखा बन्नेछ। प्रतिष्ठित व्यक्तिहरूको बीचमा आफ्नो प्रभाव छोड्न सफल हुनुहुन्छ। शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धीहरूबाट जोगीएर काम गर्नुहोस्। व्यापार व्यवसायमा नयाँ काम हात लाग्नेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसँग रमाइलो जमघटको साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसायमा आँटेको कार्य सम्पादन हुनेछ। राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निभाउनु पर्ला। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अरूको भरपर्दा दुःख पाइनेछ। आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। व्यापार लगायतका आर्थिक क्षेत्रमा भनेजस्तो लाभार्जन गर्न नसकिएला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूको लागि समय उत्तम रहेको छ। प्रतिष्ठित कामले समाजमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रशासनिक वा राजनीतिक क्षेत्रतिर रोकिएका कार्य सम्पादन हुनेछन्। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सचेत रहनुहोस्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर