रोल्पाको बोटलबारामा पहिरो : १० जना बेपत्ता

काठमाडौं ।  रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

थबाङ –५ बोटलबारामा गए रातिको पहिरोले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ ।

पहिरामा परेका  ६ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ ।  घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए ।  आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी  जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।  उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताए । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर