रोल्पामा पहिरोले घरगोठ पुरियो, दुईको मृत्यु
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । यस्तै, ६ वटा अरू घर गोठ पनि पुरिएका छन् ।
प्रहरीका अनुसार, पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत अवस्थामा रहेका उनीहरुलाई निकाल्न सक्ने अवस्था छैन ।
पहिरोका कारण २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ । सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय उवाबाट राति सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो ।
प्रतिक्रिया
