पहिरोका कारण विपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउन पहल गरिरहेको छ । रातिको बर्षाले पहिरोको जोखिम भएको भन्दै स्थानीय प्रसाशनले यात्रुहरूलाई प्रहरीसँग अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर