आज साउन २५ गते सोमबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उद्योग व्यापारमा नयाँ योजनाहरूलाई क्रियान्वित गर्ने उपयुक्त समय रहेको छ। संदेह भएको मामिलाहरूमा स्वविवेकको प्रयोग गर्नुहोस्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सकेसम्म व्यस्त रहने प्रयास गर्नुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा अनुरुप फलको प्राप्ति हुनेछ। निजी काममा भागदौड धेरै रहनेछ। धैर्य राख्नुहोस् सफलता मिल्नेछ। आध्यात्मिक क्षेत्रमा झुकाव हुनेछ। जोखिम लिनबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन्। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो गुप्त जानकारी अरूको समक्ष नखोल्नुहोस्। विद्यार्थीहरूको खेलकुदमा समय व्यतीत हुनेछ। सवारी साधन चलाउँदा कागजातको ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुभवी मान्छेहरूको सम्पर्कमा आएर कार्यमा निखार आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। लापरवाहीले गर्दा हानि हुने सम्भावना छ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू हार खानेछन्। मिडियाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्धमा एक अर्कालाई नजानी कुनै निर्णय नलिनुहोला। परिवारिक समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ भएको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुराना रोकिएका काम सम्पादन हुनेछन्। मनमा शान्ति र उत्साह रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। अरुको उपकार गर्नुभन्दा अघि आफ्नो क्षमताको विषयमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिदा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। राजनीतिक कार्यक्रममा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिख्न मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सम्मान प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विषयवस्तु नबुझी कुनै कुरामा अगाडि नबढ्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। समय अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आलस्यले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउन सक्छ सचेत रहनुहोस्। प्रतिफल पाउनको लागि धेरै खट्टिनुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। नयाँ नोकरीको अवसर प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै पनि कुरामा हतार नगर्नुहोस्। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवैबाट सहयोग मिल्नेछ। आन्तरिक सम्बन्धमा मधुरता आउनेछ। मित्रहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
प्रतिक्रिया
