इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित पाँच जनालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलगायत पाँच जनालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतले अध्यक्ष पाण्डेसहित सञ्चालकहरू प्रज्ञ राजभण्डारी, कवि कुमार टिवडेवाल, दीपंकर झा उदय, शालिकराम बेल्वासे तथा शोभा श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
आदेशमा नेपाल धितोपत्र बोर्ड ९सेबोन० को कारबाही, कसुरजन्य सम्पत्ति तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका कानुनी व्यवस्थासँग सम्बन्धित विषयमा उठेका प्रश्न गम्भीर र संवेदनशील भएकाले अन्तिम टुंगो नलागेसम्म निवेदकहरूलाई पक्राउ नगर्न भनिएको छ।
अदालतले विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न तथा निवेदकहरूको बैंकिङ तथा वित्तीय कारोबारमा अनावश्यक अवरोध नगर्न पनि निर्देशन दिएको छ। साथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई निश्चित मितिमा उपस्थित हुन आदेश दिएको छ।

