होर्मुज खुल्ने भएपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । इरान र ओमानबिच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत मिलेको छ।

दुवै पक्षका प्रतिनिधिहरूले सहमतिको सम्भावना देखाएपछि मध्यपूर्वमा जारी तनावको असर विश्व अर्थतन्त्रमा कम हुने आशा जागेको छ। तर, यही समयमा यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमण र त्यसपछि जहाज डुबेको घटनाले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको पुष्टि गरेको छ।

इरानले ओमानसँगको वार्ता ‘सकारात्मक’ रूपमा अघि बढिरहेको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलडमरू पुनः खोल्ने विषयमा वार्तामा महत्त्वपूर्ण प्रगति भएको बताएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत सम्झौता छिट्टै हुन सक्ने सम्भावना औँल्याएका छन्।

होर्मुज खोल्ने प्रयासमा कूटनीतिक सक्रियता

पछिल्ला दिनमा होर्मुज संकट समाधानका लागि अमेरिका, इरान, ओमान र कतारबिच कूटनीतिक सम्पर्क तीव्र भएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका छन्। कतारले सबै पक्षसँग निरन्तर सम्पर्क गरी युद्धको कूटनीतिक समाधान खोज्न मध्यस्थता गरिरहेको जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार मुख्य उद्देश्य होर्मुज हुँदै व्यापारिक तथा ऊर्जा ढुवानीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्नु हो। तर, वार्ताका सबै विषयमा सहमति भइसकेको छैन। विशेष गरी जहाजको सुरक्षित प्रवेश तथा निकास, मार्ग सञ्चालनको स्वरूप र इरानले त्यसका लागि लिने शुल्क वा सर्तसम्बन्धी विषय अझै संवेदनशील मानिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर