आज देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भागनजिक रहेको छ । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साउन २० गते बुधबार राति  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने जनाएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने जनाएको छ । हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर