प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
मन्त्रिपरिषद्को कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार आज मंगलबार बिहान १०ः५० बजे सुरु भएको भेटवार्ता अहिले पनि जारी रहेको छ। सैनिक अधिकारीहरूका अनुसार प्रधानमन्त्री र प्रधान सेनापतिबीचको यो भेट नियमित कार्य तालिकाअनुसार भएको हो।
मधेश प्रदेशमा हिन्दु र मुस्लिमबीच उत्पन्न विवादपछि गत साउन १४ गते प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। उक्त बैठकमा तराई–मधेश क्षेत्रमा देखिएको सुरक्षा अवस्था तथा सम्भावित तनाव नियन्त्रणका उपायबारे छलफल भएको थियो। उनीहज्ञको आजको भेट पनि मुलुकको शान्ति, सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयमा केन्द्रित भएको बताइन्छ ।
