अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोमा बालेन सरकारको निन्दा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित उनकै निवासबाट पक्राउमा परेका थिए ।
प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद माग गर्दै सरकारी वकिलको कार्यालय भक्तपुरले सोमबार भक्तपुर जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै प्रसाईं रिहा भएका हुन् । प्रसाईं रिहा भएपछि उनका समर्थकहरूले बालेन सरकारको प्रतिशोधपूर्ण कारवाहीको निन्दा गरेका छन् ।
प्रसाईंले आइतबार दिउँसो पत्रकारहरूमाझ वर्तमान सरकार र विद्यमान राजनीतिक प्रणालीका विरुद्ध आन्दोलन अगाडि बढाउने घोषणा गरेका थिए । प्रसाईंले आन्दोलनको घोषणा गरेलगत्तै सोही दिनको साँझ उनलाई भक्तपुर प्रहरीले पक्राउ गरी प्रहरी परिसर भक्तपुरमा हिराशतमा राखिएको थियो ।
