बाजुरामा विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

काठमाडौं ।  बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो ।

सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए ।

विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्भीर बिरामी भएकी छन् ।

विषालु च्याउ खाएर गम्भीर भएकी थापाको अस्पतालमा उपचार भइरहेको छ । घटना हुनासाथ खबर पाएपछि प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर