नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

काठमाडौं । पहिरोको कारण ६ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको मुग्लिन नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ । मुग्लिन नजिकैको पहाडबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

अवद्ध सडक खुलाउने प्रयास भइराखेको छ । सोमबार विहान ७ बजे यस सडक खण्डको तुईन खोला पुल र नाम्सी खोलामा पहिरो गएपछि १ बजेसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलेको केही समयपछि पुन: मुग्लिन नजिकै पहिरो खसेर पुन सडक अवरुद्ध भएको हाे । पहिरो पन्छाउने काम भने भइराखेको सडक कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर