बागमतीमा एमालेबाट जगन्नाथ थपलिया मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेबाट जगन्नाथ थपलियाले दावी गर्ने भएका छन्। नेकपासँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमालेले लिने सहमति भएपछि उक्त दावी गर्नेनिर्णय भएको हो ।

एमाले प्रदेश संसदीय दलका नेता थपलियासहित प्रदेश सांसदद्वय किरण थापा र केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दावी गरेका थिए। तर अन्ततः उनीहरूलाई ब्याक गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति गरिएको एमाले नेताहरूले बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेललगायत नेताको उपस्थितिमा भएको बैठकले थपलियालाई नै मुख्यमन्त्रीमा अघि सार्ने सहमति भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर