धनुषामा साम्प्रदायिक सद्भावका लागि गृहमन्त्रीको पहल

काठमाडौं । दुई समुदायबिच उत्पन्न तनावको स्थिति साम्य पार्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरुङ धनुषा पुग्नुभएको छ। अवस्थालाई सामान्य बनाउन र धार्मिक/सामाजिक सद्भाव कायम राख्नका लागि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानीय हिन्दूवादी सङ्गठनका प्रतिनिधिसँग शनिबार वार्ता सुरु गर्नुभएको हो।

वार्तामा जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयन कायम राख्ने विषय र दुवै पक्षबिचको असमझदारी अन्त्य गर्नेबारे छलफल भइरहेको छ। छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रतिनिधि सभा सदस्य मनिष झा, हिन्दू सम्राट सेनाका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर