गणेश यादवको परिवारसँग सातबुँदे सहमति
काठमाडौं । सिराहाको गोलबजार क्षेत्रमा यही साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ। हिजो शुक्रबार औरही गाउँपालिका-२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबिच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ।

प्रतिक्रिया
