मधेस र कोशी प्रदेशका संवेदनशील क्षेत्रमा ड्रोनबाट निगरानी

काठमाडौं । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुन विपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्‌भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ । सुनसरीबाट सुरु भएको तनाव मधेसका जिल्लाहरूमा पनि देखिन थालेको छ । साउन १० यता सुनसरीमा २ र सिराहामा एक जनाको गोली लागी ज्यान गएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर