भारतले धौलिगङ्गा बाँध खोल्ने, नेपालतर्फ उच्च सतर्कता

काठमाडौं ।  भारतले धौलिगङ्गा जलविद्युत आयोजनाको बाँध सरसफाइका लागि खोल्ने भएपछि दार्चुला र बैतडीका महाकाली नदी तटीय क्षेत्रका पालिकामा तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनाका बासिन्दालाई साउन १३ गते बुधबा बिहान ६ः बजेदेखि साउन १५ गते शुक्रबार साँझ ६ः बजेसम्म (कबि ३६ घण्टा) सचेत रहन आग्रह गरेको छ ।

धौलिगङ्गाको बाँध खोलेपछि महाकाली नदीमा पानीको सतह बढन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागकिलाई आवश्यक पर्व सतर्कता अपनाउन जिल्ला पशासन कार्यालय बैतडीले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुङ्गा–बालुवा सङ्कलन तथा अन्य जोखिमपर्ण गतिविधि नगर्न सचेत गराएको छ ।

अप्रिय घटना हुन नदिन सबै स्थानीय तह, सुक्षा निकायलाई आवश्यक तयारी र सतर्कता अपनाउन अनुरोध गएिको बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । भारतले धौलिगङ्गा जलविद्युत आयोजनाको बाँध खोल्दा नेपालतर्फ दार्चुलाको व्यास गाउँपालिका,दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र बैतडीका नदी तटीय क्षेत्रका दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका प्रभावित हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर