मुग्लिन-नारायणगढ सडक अवरुद्ध

काठमाडौं । नारायणगढ खण्डअन्तर्गत मुग्लिन नजिकै पर्ने खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज  मंगलबार बिहान गएको पहिरोका कारण सडक बन्द हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारीसाधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। सम्बन्धित निकायका अनुसार घटनास्थलमा आवश्यक मेशिन र जनशक्ति परिचालन गरिसकिएको छ।

पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेकाले अबको करिब १ घण्टा ३० मिनेटभित्र सडक पूर्ण रूपमा सफा गरी सवारी आवागमन सुचारु हुने जानकारी गराइएको छ। यात्रामा रहेका सर्वसाधारणलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र अघि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर