गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार प्रतिकूल मौसम र रातिको समयका कारण पहिरो पन्छाउने काम तत्काल सुरु गर्न कठिनाइ भएको छ। मौसममा सुधार आएपछि शनिबार बिहानदेखि आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने प्रहरीले जनाएको छ।

राजमार्ग अवरुद्ध भएकाले यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले अनुरोध गरेको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न सबैमा आग्रह गरेको छ। मौसममा सुधार आउनेबित्तिकै पहिरो पन्छाउने कार्य अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर