खुल्यो नागढुंगा–मुग्लिन–नारायणगढ सडक
काठमाडौं । पहिरो खसेपछि रातभर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहानबाट गाडी चल्न थालेका छन्। विभिन्न स्थानमा खसेको पहिरो पन्छाएपछि यस सडक खण्डमा शुक्रबार बिहानबाट दुईतर्फी नै गाडी चल्न थालेका हुन्।
बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा पहिरो खसेपछि रातभर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय, धादिङले बिहीबार साँझ सूचना जारी गर्दै राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिएको थियो। रातभर रोकिएका सवारी साधन अहिले सुचारु भएका प्रहरीले जनाएको छ।
प्रतिक्रिया
