आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ। उनको ८५ प्रतिशत शरीरमा जलन भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए।

अस्पताल प्रशासनका अनुसार गएराति २ बजेतिर उनको निधन भएको हो। सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेकले गएको शुक्रबार आफ्नै घरमा हुँदा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

उनलाई त्यही दिन साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत  उपचारका लागि कीर्तिपुर, काठमाडौँ ल्याइएको थियो। विज्ञान विषयमा स्नाकोत्तर (एमएस्सी) गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए। आर्थिक अभावले उनमा केही समयदेखि मानसिक समस्या देखिएको परिवारका सदस्यले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर