राजमार्गहरू खुलेपछि यात्रु गन्तव्यतर्फ

काठमाडौं ।  वर्षामा केही कमी आएपछि काठमाडौंबाट बाहिर जाने सवारीहरू  बिहान १० बजेदेखि खुलेका छन् । वर्षा कम र बिग्रेको सडक बनाएपछि सवारीहरू गन्तव्यमा जान थालेका हुन् । यसअघि सोमबार रातिदेखि पृथ्वी राजमार्गलगायत अन्य राजमार्ग बन्द हुँदा अड्किएका गाडीहरु गन्तव्यतर्फ जान थालेका हुन्।

काठमाडौंस्थित नयाँ बसपार्कमा लामो दूरीका सवारी साधनहरू बसपार्कबाट निस्किने क्रम जारी रहेको छ । यसअघि वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको थियो । बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारीसाधन बन्द गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर