बीपी राजमार्गमा अस्थायी रूपमा सवारी आवागमन बन्द

काठमाडौं । रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले तत्कालका लागि सवारी आवागमन “होल्ड” गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकद्वारा आज दिउँसो १२:३३ बजे जारी सूचनाअनुसार यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको हो। प्रहरीले सडकमार्गमा कुनै अवरोध नरहेको यकिन भएपछि अर्को सूचना जारी गरी यातायात सञ्चालन पुनः सुचारु भएको जानकारी गराइने जनाएको छ।

यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र थप जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर