खाडी क्षेत्रका मुलुकलाई निशाना बनाउने इरानको चेतावनी

काठमाडौं ।  इरानले आफूविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गरे वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिए खाडी क्षेत्रका मुलुकलाई पनि निशाना बनाइने चेतावनी दिएको छ। बीबीसी फारसीका अनुसार, अमेरिकाले हालै गरेको आक्रमणपछि इरानको विदेश मन्त्रालयले सोमबार उक्त चेतावनी जारी गरेको हो।

इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिन मात्र बित्दा पनि अमेरिकाले सम्झौताका लगभग सबै प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ।

मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनालाई निशाना बनाइएको छ। इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व कुनै पनि आक्रमणकारी मुलुकलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिनु रहेको पनि उल्लेख गरेको छ। इरानले आफ्नो विरुद्ध हुने आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर