मानसिक समस्या भएमा निःशुल्क हटलाइन सेवा ११६६ मा सम्पर्क गर्न आग्रह

काठमाडौं ।  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रूपमा अत्यधिक निराशा, तनाव वा आत्महत्यासम्बन्धी सोच आएमा निःशुल्क हटलाइन सेवा ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ।

केन्द्रले जनचेतनामूलक सूचना जारी गर्दै  मनमा अत्यधिक निराशाको भावना आएमा कुनै पनि बेला ११६६ नम्बरमा फोन गरी मनोपरामर्शकर्ताबाट गोप्य र निःशुल्क परामर्श सेवा लिन सकिने उल्लेख गर्दै यस्तो आग्रह गरेको हो । केन्द्रका अनुसार मानसिक तनाव वा कठिन परिस्थितिमा एक्लै सङ्घर्ष गर्नुको सट्टा समयमै विशेषज्ञसँग परामर्श लिनु प्रभावकारी उपाय हो।

समस्याको समाधान खोज्ने क्रममा परिवार, साथीभाइ तथा सम्बन्धित निकायको सहयोग लिन पनि आग्रह गरिएको छ। जनचेतनामूलक सूचनामा “अँध्यारा दिन सधैँका हुँदैनन्” भन्ने सन्देश दिँदै धैर्यका साथ समस्याको समाधान खोजेर जीवनप्रति सकारात्मक दृष्टिकोण अपनाउन सबैलाई अनुरोध गरिएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका वा आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग उपलब्ध गराउने उद्देश्यले निःशुल्क हटलाइन सेवा सञ्चालन गर्दै आएको जनाएको छ। साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर बस्नुभन्दा आवश्यक पर्दा तत्काल परामर्श सेवा लिन केन्द्रले सबैमा अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर