भारतमा पहिरोमा परी सातजनाको मृत्यु

काठमाडौं ।  भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पछिल्लो उद्धार प्रयासपछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मङ्गलबार भारी वर्षाको कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूका अनुसार मलप्पुरम र वायनाड जिल्लालाई जोड्ने अनक्कम्पोयिल-मेप्पाडी टनेल सडक परियोजना नजिकै पहिरो गएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर