एमालेका सचेतक ऐन महरले भने, “बालेन सरकार मूर्दावाद !”
काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले प्रतिनिधिसभाको बैठकमा गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर बालेन सरकारविरुद्ध मूर्दावादको नारा लगाएका छन् ।
सांसद महरले हत्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। ‘गणेश नेपालीको हत्याको जिम्मेवार बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिनेगरी होइन, जनतालाई मार्नेगरी, जनताको हत्या गर्नेगरी अगाडि बढिरहेको छ’ उनले भने, ‘म यो सरकार मूर्दावाद भन्न चाहन्छु।’
उनले थपे, ‘गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्छ।’ महानगर र ट्राफिक प्रहरीसँगको विवाद भएपछि बिहीबार आफ्नै शरीरमा पेट्रोल खन्याएर मुगुका २५ वर्षीय युवक गणेश नेपालीले आत्मदाह गरेका थिए।
प्रतिक्रिया
